दलीय भागबण्डा गरी राज्यस्रोत दोहन गर्ने प्रवृत्ति मौलायो : डा. बाबुराम भट्टराई « प्रशासन
Logo २० असार २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दलीय भागबण्डा गरी राज्यस्रोत दोहन गर्ने प्रवृत्ति मौलायो : डा. बाबुराम भट्टराई


८ असार २०८१, शनिबार


काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राज्यका प्रत्येक निकायमा दलीय भागबण्डा गर्ने र राज्यस्रोतको दोहन गर्ने प्रवृत्ति मौलाएर गएको बताएका छन् । 

पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन गृह जिल्ला गोरखा आएका भट्टराईले पत्रकारहरूसँगको भेटघाटमा केन्द्र र प्रदेश सरकार पटक-पटक फेरबदल हुने, राजदूत जस्तो देशको प्रतिनिधित्व गर्ने व्यक्तिहरू सरकार फेरिने बितिक्कै परिवर्तन गरेर दलीय भागबण्डामा मान्छे पठाउने कुरा खेदजनक रहेको बताए ।

‘नेपाली राजनीतिमा मजाक भइरहेको छ, प्रत्येक कुरामा दलीय भागवण्डा गर्ने, काक्रो चिरेझैँ चिरेर खाने र राज्यस्रोतको दोहन गर्नुलाई नै राजनीतिक अभिष्ट ठान्ने प्रवृत्ति मौलाएर गयो,’ भट्टराईले भने, ‘केन्द्र सरकारको पटक(पटक फेरबदल, प्रदेश सरकारको फेरबदल, हुँदा–हुँदै राजदूतजस्तो देशको प्रतिनिधित्व गर्ने व्यक्तिहरूलाई सरकार फेरिने बितिक्कै फेर्ने र दलीय भागबण्डामा मान्छे पठाउने कुरा खेदजनक छ, यो लोकतन्त्र होइन ।’ लोकतन्त्रका लागि लडेका नेताहरूले नै लोकतन्त्रलाई कमजोर पार्ने गतिविधि गर्नु निन्दनीय भएको उनको भनाइ थियो ।

केन्द्र सरकार परिवर्तनसँगै प्रदेश सरकार पनि फेर्ने गलत परम्परा पुराना दलहरू र मुख्यतया प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरु गरेको भट्टराईको आरोप थियो । गण्डकी प्रदेश सभामा नेसपाका सांसद फणीन्द्र देवकोटालाई केन्द्रबाट निर्देशन दिएर कारबाही भएको उनको दाबी थियो । ‘प्रदेशका सभामुखलाई समेत प्रभावित पारेर विधि, प्रक्रिया मिचेर फणीन्द्र देवकोटालाई प्रदेश सभाबाट निष्कासित गर्नुभयो, यस्तो प्रकारका गतिविधिले लोकतन्त्रमा ठूलो नोक्सान भयो,’ उनले भने ।

प्रधानमन्त्री दाहालबाट गोरखाली जनतालाई घात भएको पनि भट्टराईको आरोप थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस