९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रक्षामन्त्रीले संसदमा भने-विदेशीको विरोधले सेनाले हेटौँडा कपडा उद्योग चलाउने योजना रोकियो

अ+ अ-

काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले विदेशीको विरोधले नेपाली सेनाले हेटौँडा कपडा उद्योग चलाउने योजना रोकिएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा रक्षामन्त्री उप्रेतीले यस्तो टिप्पणी गरेका हुन् ।

सांसदहरुले सेनाले विकास निर्माणका काम गर्ने, उद्योग चलाउन खोज्ने विषयका सम्बन्धमा प्रश्न गरेका थिए । जवाफमा उनले सैनिक कल्याणकारी कोषमा रहेको रकम उपयोग गरेको विषयलाई व्यापार व्यवसाय गरेको रूपमा नबुझिदिन आग्रह गरे ।

सैनिक कल्याणकारी कोषमा ८३ अर्ब रुपैयाँ रहेको उल्लेख गर्दै उनले यो रकमलाई राष्ट्रिय योजना र विकासमा लगानी गर्न सकिने बताए । आत्म निभाएर हुनका लागि यही कोषबाट हेटौँडाको कपडा उद्योग चलाउने योजना बनेको उनले बताए ।

जुन देशबाट कपडा आइरहेको त त्यो देशबाट र कपडा ल्याइरहेका व्यापारीले सेनाले हेटौँडा कपडा उद्योग चलाउने योजनाको विरोध गरेको बताए ।

‘जुन देशबाट कपडा भित्र्याउँछौ, त्यो देशबाट विरोध गर्दैमा त्यो ९सेनाले हेटौँडा उद्योग चलाउने योजना रोक्न जरुरी थिएन,’ मन्त्री उप्रेतीले भने ।

हेटौँडा कपडा उद्योग सेनाले चलाउने योजना आत्मनिर्भर हुनका लागि भएको उनको दाबी छ । ‘हामी आत्मनिर्भर हुँदा विदेशीको सामान त किन्नु पर्दैन । आत्मनिर्भर नहुँदा विदेशीको सामान किन्नुपर्छ । त्यही सामान हाम्रो बिकिराखोस्, हाम्रो व्यापारीले काम पाइराखुन् भनेर स्याल हुइयाँ चलाइयो अब नेपाली सेना पाकिस्तानी मोडेलमा जाँदैछ भनेर।’ रक्षामन्त्रीले भने ।

हेटौँडा उद्योग चलाउने योजना रोकिएको भन्दै उनले प्रश्न गर्नेहरूलाई नै प्रतिप्रश्न गरे, ‘के आत्मनिर्भर हुनु पाकिस्तानी मोडल हो ? खण्डहर उद्योगहरूलाई सञ्चालन गर्नु पाकिस्तानी मोडल हो ? त्यो भनेको भरमा हेटौँडा कपडा उद्योग चलाउने कुरा रोकिएको जस्तो मलाइ लागेको छ । त्यो विदेशीहरूले उनीहरूको सामान बेच्नको निम्ति उनीहरूको व्यापारीहरूले‘ ’रक्षामन्त्री उप्रेती बोलिरहेका बेला नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले उठेर विरोध गरे । सांसद खतिवडाले मन्त्री उप्रेतीलाई विषय केन्द्रित भएर बोल्न आग्रह गरे ।

त्यसपछि रक्षमन्त्री उप्रेती लिखित जवाफ पढ्न थाले । नेपाली सेनाले आफ्नै कोषको उपयोग गरेको कामलाई व्यापार व्यवसाय गरेको रूपमा नबुझिदिन पुनः आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस