काठमाडौँ । निजामती कर्मचारीहरूको सरुवा स्थगित गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव स्तरीय निर्णयबाट अनिश्चित कालका लागि कर्मचारीहरूको सरुवा स्थगित गरेको हो । गत बिहीबार गरेको निर्णय आइतबार सार्वजनिक गर्दै मन्त्रालयले सरुवा स्थगन भएको जानकारी दिएको हो ।
‘नेपाल सरकार, सचिव बैठकको मिति २०८१ असार ६गतेको निर्णयानुशार कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवा सम्बन्धी मापदण्ड तयारी कार्य गर्नु पर्ने भएकोले अर्को सूचना प्रकाशित नभएसम्मका लागि कर्मचारी सरुवा सम्बन्धी कार्य स्थगित गरिएको ब्यहोरा २०८१ असार सात गतेको निर्णयानुशार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयले आइतबार प्रकाशित सूचनामा उल्लेख छ ।
पछिल्लो समय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सरुवा बेथितिबारे प्रशासन डटकमले निरन्तर समाचार प्रकाशन गर्दै आएको थियो । कतिपय स्वभाविक सरुवा भन्दा पनि अश्वभाविक सरुवाले सेवा प्रवाह नै भद्रगोल बनाएको देखि विकृत बनाएका सम्मका समाचार शृङ्खलाहरू प्रकाशन हुँदै आएका थिए ।
जे होस् ढिलै भए पनि मन्त्रालयले सच्चिने निर्णय गरेको छ तर के यो साँच्चिकै लागू हुन्छ त ? त्यो भने हेर्न बाँकी नै छ ।
सम्बन्धित समाचार : सरुवामा सामान्यको मनपरी, तालुकवाला मन्त्रालयलाई थाहै नदिई यताउता पुर्याइन्छन् कर्मचारी
सम्बन्धित समाचार : सरुवामा भौतिकको मनोमानी : सहमति नलिई असारको मुखमा सडकका महानिर्देशकको सरुवा
सम्बन्धित समाचार : असारको मुखमा सरुवा, अराजकताको पराकाष्ठा
सम्बन्धित समाचार : गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा
सम्बन्धित समाचार : अनियमित सरुवाले सेवा प्रवाहमै असर, १३ प्रतिशतको मात्र तालिका अनुसार सरुवा
सम्बन्धित समाचार : ‘बेमौसमी’ सरुवाले स्थानीयमा त्रासदी
सम्बन्धित समाचार : कर्मचारीको सरुवालाई व्यवस्थित र सर्वस्वीकार्य बनाइने छ -सामान्य सचिव निरौला