७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यकाली गण्डकीलाई नौ अर्ब लगानी जुट्यो

अ+ अ-

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने काली गण्डकी नदीमा निर्माण सुरु हुन लागेको मध्य काली गण्डकी जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ । 

आइएमई समूहको हाइड्रो सपोर्ट प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागेको ६६ दशमलव ३ मेगावाट क्षमताको आयोजनामा नबिल बैंक लिका अगुवाइमा छ  वाणिज्य बैंकले रु नौ अर्ब १२ करोड लगानी गर्ने भएका हुन् ।

हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको यस आयोजनाको बाँध अन्नपूर्ण–३ सुकेबगरमा र विद्युत् गृह अन्नपूर्ण–२ ठूलोबगर क्षेत्रमा प्रस्ताव गरिएको छ । चार हजार सय मिटर सुरुङ रहने यस आयोजनाको विद्युत् गृहदेखि फोरवेको उचाइ एक सय १५ मिटर हुनेछ । 

केही दिनअघि नबिल बैंकको नेतृत्वमा वित्तीय व्यवस्थापनको सम्झौता भएको मध्य कालीगण्डकीको पूर्वाधार निर्माणको तयारी गरेको आयोजना प्रमुख चन्द्र ढकालले जानकारी दिए।  सन् २०२४ मा भौतिक निर्माण सुरु हुने आयोजना चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

सम्झौतामा हाइड्रो सपोर्ट प्रालिको तर्फबाट आइएमई समूहका अध्यक्षसमेत रहेका ढकाल र बैंकहरुको तर्फबाट सहवित्तीयकरणको नेतृत्व गरेको नबिल बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका थिए । 

कूल रु १२ अर्ब ९३ करोड लागत अनुमान गरिएको यस आयोजनामा ७५ प्रतिशत लगानी नबिलसहित एभरेस्ट बैंक लिमिटेड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकले गर्ने भएका छन् । पच्चीस प्रतिशत प्रवर्द्धक र शेयर लगानीकर्तामार्फत जुटाइने भएको छ । 

नबिल बैंकले रु तीन अर्ब १२ करोड, एभरेस्ट बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले रु दुई/दुई अर्ब र नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकले रु एक/एक अर्ब लगानी गर्नेछन् । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता हुँदा हिउँद यामको विद्युत् खरिद दर रु ८.४० र वर्षा यामको दर रु ४.८० रुपैयाँ कायम भएको आधारमा आयोजनाबाट हिउँदमा एक सय ३० मेगावाटबाट रु एक अर्ब नौ करोड र वर्षामा दुई सय ७७ गिगावाटबाट रु एक अर्ब ३३ करोड आम्दानी हुने प्रक्षेपण छ ।  

मुस्ताङदेखि पर्वतको सिमानासम्मको म्याग्दी खण्डमा काली गण्डकी नदीबाट पाँच वटा जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । यी आयोजना निर्माणको तयारीसँगै काली गण्डकी ऊर्जा नदीमा रुपान्तरण हुन लागेको छ । घाँसादेखि मिलनचोकसम्म कालीगण्डकीमा करिब चार सय मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् ।

प्रतिक्रिया दिनुहोस