काठमाडौँ । सरकारले स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८०/८१ मा स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
अनुसार ८७ अर्ब ३५ करोड २९ लाख विनियोजन भएको ९३ प्रतिशत हुने गरी रु १६ अर्ब ९९ करोड २२ लाख स्थानीय तहले पाउने शर्माले बताइन् ।
वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरणको माग गर्दै देशभरका जनप्रतिनिधिहरूले माग गर्दै आएका थिए ।