६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायलमा केयर गिभरमा जान चाहने ८ सय जनाको लागि आवेदन माग 

अ+ अ-

काठमाडौँ । इजरायलले ८ सय नेपाली कामदारलाई श्रमका लागि लैजाने गरी आवेदन माग गरेको छ । 

वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी दीर्घकालीन स्याहार केन्द्रका लागि ८ सय जनाको लागि आवेदन खुल्ला गरेको हो।  

नेपाल र इजरायलबीच भएको दुईपक्षीय श्रम सम्झौताअनुसार कामदार पठाइने भएको हो। यसमा निजी क्षेत्रको कुनै संलग्नता छैन। 

इजरायलले ८ सय जना कामदार माग गरेको मध्ये ५ सय जना मुख्य उम्मेदवार हुनेछन् भने बाँकी तीन सय जनालाई वैकल्पिकमा राखिने छ ।  

इजरायल जान इच्छुकले आजबाट लागू हुने गरी २१ दिनभित्र आवेदन दिनुपर्ने विभागले उल्लेख गरेको छ । 

विभागका अनुसार २५ देखि ४५ वर्ष ननाघेको, कम्तीमा १ दशमलव ५ मिटर उचाइ भएको, कम्तीमा ४५ किलोग्राम तौल भएको, कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएसएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा पास भएकाले आवेदन दिन पाउने छन्। यस्तै, योग्यता पुगेका आवेदकलाई गोल प्रथाबाट छनोट गरिने विभागले जनाएको छ । 

यो श्रमका लागि इजरायल जानेको मासिक तलब ५८ सय ८० इजरायली मुद्रा तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस