काठमाडौँ । पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले आयकर ऐनको दफा ५७ मा गम्भीर हेरफेर गरी खेलबाड गरिएको बताएका छन् ।
आज बसेको प्रतिनिधि सभा बैंठकमा बोल्दै पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक विधेयकमार्फत आयकर ऐनको दफा ५७ मा गम्भीर हेरफेर गरिएको बताए ।
आयकर ऐनले कुनै पनि कम्पनीको शेयर खरिदबिक्री नगरी पूँजी बढाएरै कम्पनीको स्वामित्व परिवर्तन गर्न सक्ने व्यवस्था गरेको कुरा प्रविधिसँग रिलेटेड भनेर बजेट वक्तव्यमा उल्लेख गरिएको तर आर्थिक विधेयकमा उल्लेख नगरिएको डा. महतको भनाइ छ । नयाँ आयकर नलाग्ने र पुँजीगत कर नलाग्ने व्यवस्था गम्भीर विषय रहेको डा. महतको ठहर छ ।