८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीको आदर्शमा प्रहरी प्रशासनद्वारा नागरिक सुनुवाइ

अ+ अ-

डोटी  । डोटीको आदर्श गाउँपालिकामा प्रहरी प्रशासन द्वारा नागरिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको छ । 

नागरिकहरूलाई सामाजिक कुरीति, बाल विवाह, बहुविवाह, लागु पदार्थ दुर्व्यसनी लगायतका विविध विषय बस्तुको बारेमा जानकारी दिने उद्देश्यले नागरिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए ।  

जिल्ला प्रहरी कार्यालय डोटीले मङ्गलवार आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा नागरिक सँग सम्बन्धित विभिन्न सवालहरूको बारेमा छलफल हुनुका साथै केही जिज्ञासाहरूको उठान भएको प्रजिअ अर्यालले बताए । 

नागरिक सुनुवाइ कार्यक्रममा नागरिकता प्राप्ति प्रक्रिया, अवैध मदिरा नियन्त्रण, राष्ट्रिय परिचय पत्र, सरकारी कार्यालयले प्रदान गर्ने सेवाको गुणस्तर, बजार अनुगमन, सुशासन, वन्य जन्तुको समस्या, विपद् व्यवस्थापन जस्ता समसामयिक विषय बस्तुहरूको बारेमा स्थानीय बासीहरूले जिज्ञासा उठान गरेको प्रजिअ अर्यालले बताए । नागरिक सुनुवाइमा उठेका सवालहरूलाई प्रहरी प्रशासन र स्थानीय सरकारले जवाफ दिनुका साथै यस्ता प्रकृतिका सवालहरूलाई न्यूनीकरण गर्न स्थानीय सरकार र प्रशासनले सहकार्य गरी कार्य योजना अनुसार अगाडी बढ्न आवश्यक रहेको समेत प्रजिअ अर्यालले बताए ।

महिलाहरूलाई आत्म निर्भर बनाउन लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको आदर्श गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी धामी रोकायाले बताइन् । 

पालिकाले सामाजिक कुरीति अन्त्य गर्न बालविवाह, बहुविवाह, छाउपडी प्रथा न्यूनीकरणका लागि अन्तरक्रिया कार्यक्रम, किशोरी सँग उपाध्यक्ष कार्यक्रम अन्तरगत किशोरीहरूलाई आत्मरक्षा तालिम, महिलाहरूलाई घरायसी सरसफाइ सम्बन्धी जानकारी लगाएका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको समेत उपाध्यक्ष धामी रोकायाले बताइन् । 

गाउँपालिका भित्र देखिने गरेका विभिन्न सवालहरू मध्यनजर गर्दै पालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले बताए । कार्यक्रममा देखिएका सवालहरूलाई सम्बोधन गर्न पालिकाले प्रहरी प्रशासन र अन्य विभिन्न निकायहरू सँग समन्वय गरी आगामी दिनमा कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको समेत अध्यक्ष खड्काले बताए । 

कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका जनप्रतिनिधि,  प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान  प्रमुख, नागरिक समाज, राजनीतिक दल, विद्यार्थी,स्थानीय लगायतको सहभागिता रहेको थियो । कार्यक्रम पालिकाको सभा हलमा सञ्चालन भएको थियो । 

प्रतिक्रिया दिनुहोस