९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा ११ महिनामा ५१ हजार चालकलाई कारबाही

अ+ अ-

भद्रपुर (झापा) । झापामा ११ महिनामा ५१ हजार सात सय ८२ चालकलाई कारबाही गरिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्ममा उनीहरूलाई कारबाही गरिएको हो ।  

जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार चालकलाई कारबाही गर्दा रु तीन करोड ४७ लाख ७८ हजार राजस्व सङ्कलन गरिएको छ । मादक पदार्थ सेवन, क्षमताभन्दा बढी यात्रु बोक्ने, सार्वजनिक बस र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारबाही गरिएको हो । 

चालु आवको ११ महिनामा सबैभन्दा बढी १६ हजार नौ सय ५७ कार/जिपका चालकलाई कारबाही गरिएको छ । यसैगरी १४ हजार सात सय ४१ मोटरसाइकल चालक, नौ हजार सात सय ७४ ट्रक चालक, एक हजार पाँच सय ३३ टिपर चालक, दुई हजार ६ सय २२ बस चालक तथा दुई हजार ६ सय १३ ट्रयाक्टर चालक कारबाहीमा परेका प्रहरी नायब निरीक्षक गौतमले बताए । 

यसैगरी चालु आवको ११ महिनामा सडक दुर्घटनामा परी ७९ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ६६ पुरुष, आठ महिला र पाँच बालबालिका छन् । सो अवधिमा चार सय ९० सवारीसाधन दुर्घटना हुँदा एक सय ५३ जना सख्त घाइते तथा ६ सय ३२ जना सामान्य घाइते भएका प्रहरी नायब निरीक्षक गौतमले बताए ।

 सबैभन्दा बढी चार सय ५१ मोटरसाइकल दुर्घटना भएका थिए । यसैगरी ३४ ट्रक, ३३ बस, ७४ जिप/कार, २५ ट्रयाक्टर र ५० टेम्पो दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस