काठमाडौँ । नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ। मंगलबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला सात सय रूपैयाँ घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १७ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।