काठमाडौँ । सेवाग्राहीबाट आचरण र अनुशासनको गुनासो आएसँगै वरिष्ठ हवलदारसम्मका दुई सय बढी प्रहरी कर्मचारीको सरुवा गरिएको छ । कार्यसम्पादन समेत चुस्त नभएको भन्दै परिसरले २१० जनाको सरुवा गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।
६ महिना भन्दा बढी समय एउटै स्थानमा बसेका प्रहरी जवानदेखि सहायक हवल्दार, हवल्दार र वरिष्ठ हवलदारको सरुवा गरिएको अधिकारीले बताएका छन् ।
पछिल्लो समय प्रहरीहरूले गर्ने व्यवहारबारे आलोचना हुँदै आएको छ । विशेष गरी ट्राफिक प्रहरीको व्यवहारबारे नागरिक स्तरमा बढी नै गुनासो सुनिँदै आइएको छ ।