सरकारसँग सहमतिपछि घर फर्कियो रुवी खान नेतृत्वको टोली  « प्रशासन
Logo १५ असार २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सरकारसँग सहमतिपछि घर फर्कियो रुवी खान नेतृत्वको टोली 


१२ असार २०८१, बुधबार


काठमाडौँ । अधिकारकर्मी रुवी खान नेतृत्वको अनसनरत टोली सरकारसँग सहमतिपछि घर फर्किएको छ । 

बाँकेमा भएको निर्मला कुर्मी र सुमदरानी थारु मृत्यु घटनाका सम्बन्धमा विभिन्न माग राखी उहाँसहित १६ जना माइतीघरमण्डलामा अनशन बसिरहेका थिए । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा असोज १० गते अनसनरत टोलीसँग वार्तापछि सरकारसँग पाँच बुँदे सहमति भएको थियो । सहमतिपछि खानको टोली आज गृह जिल्ला बाँके फर्किएको छ ।

टोलीले निर्मला कुर्मीको अपहरण, शरीर बन्धक, कर्तव्य ज्यानसम्बन्धी जाहेरीमा प्राथमिकताका साथ अनुसन्धान पार्नुपर्ने, यसअघि गठित विभिन्न छानबिन समितिका प्रतिवेदनका सिफारिस  यथाशीघ्र निरुपण गर्नुपर्ने,  नेपाल प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लिखित निर्देशनपत्र पठाउनुपनलगायत माग राखेर आन्दोलन गरिरहेको छ । “सरकारसँग विभिन्न मागसहित चौथो पटक वार्ता र सहमति भयो तर तेस्रो पटकको सहमति पूर्णरुपमा कार्यान्वयन भएको छैन”, महिला अधिकारमञ्चकी अध्यक्षसमेत रहेकी खानले भनिन्, “अबको सहमतिपछि सरकारले न्याय दिन्छ भन्ने पूर्ण विश्वासका साथ घर फर्किएका छौँ, अब फेरि आन्दोलन गर्नुपर्दैन होला भन्ने हाम्रो विश्वास छ ।” 

Tags :
प्रतिक्रिया दिनुहोस