६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संसदमा बोल्ने सांसदहरूको बोलीकै कारण लोकतन्त्र खतरामा छ’

अ+ अ-

काठमाडौँ । फ्रिडम फोरमका प्रमुख तारानाथ दाहालले सबै भन्दा गलत सूचनाको स्रोत संसद रहेको दाबी गरेका छन् । 

बिहीबार काठमाडौँमा आयोजित ‘प्रमाणमा आधारित सूचनाको हकको प्रयोग र महत्त्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले संसदमा बोल्ने सांसदहरूको बोली सबैभन्दा गलत हुने एक अध्ययनले पुष्टि गरेको बताएका हुन् । 

उनले भने, ‘सबैभन्दा बढी मिसईन्फरमेसनको स्रोत संसद हो । संसदमा बोल्ने सांसदहरूको बोली सबैभन्दा गलत हुँदो रहेछ । जे कुरा त्यहाँ उनीहरू दाबी गरेर बोलेका हुन्छन् । त्यसको आधार नहुने कुरा बेलायतको एक अध्ययनले देखाएको छ ।’ 

संसदमा बोल्ने सांसदहरूको बोलीकै कारण लोकतन्त्र खतरामा रहेको दाहालको भनाइ छ । प्रधानमन्त्री र मन्त्रीहरूले बोलेको कुरा प्रवाह गर्ने मात्र नभई त्यसको प्रमाणीकरण गरी तथ्य जाँच गर्नु पत्रकारिताको धर्म भएको उनको भनाइ छ । 

उनले अघि भने, ‘संसदमा बसेका मान्छेहरूले जे बोल्यो त्यही कुराले लोकतन्त्रमा खतरा छ । यसका लागि पनि हामीले लड्नुपर्छ । पत्रकारिताको धर्म पनि यही हो । पत्रकारले प्रहरी, प्रधानमन्त्री र मन्त्रीहरूले के भन्छन् त्यही मात्र लेख्ने होइन । त्यसलाई प्रमाणीकरण गर्ने हो । त्यसको तथ्य जाँच्ने हो, प्रमाण खोज्ने हो । त्यही प्रमाण खोज्नका लागि हामीले सूचनाको हक बनाएको हो । यस्तो गर्न सकियो भने पत्रकारितामाथिको संकट पनि पर जान्छ । र समाजमा अन्याय पनि हुँदैन । त्यसो गर्न सकियो भने हामीले खोजेका उत्तरदायी समाज पनि निर्माण गर्न सकिन्छ ।’

नेपालमा कन्टेन्टका लागि लगानी नभएको कारण नेपाली मिडियाहरू आफूले पाएको सूचनालाई छिटो प्रवाह गर्ने स्थितिमा रहेको बताए । ‘पत्रकारहरूलाई समय छैन होला सूचना माग्ने । किनभने नेपालमा कन्टेन्टमा लगानी नै छैन । जे पायो त्यही सूचनालाई छिटो प्रवाह गर्नुपर्ने स्थितिमा नेपाली मिडिया छ । नेपाली मिडियाहरू त खाली ‘फलानाका अनुसार’ र ‘फलानाले यस्तो भन्नुभयो’ भन्ने तरिकाको पत्रकारितामा छ ,’उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस