८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खुला नकआउट फुटबल प्रतियोगितामा २८ समूहबीच प्रतिस्पर्धा

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ६ ले असार १२ गतेदेखि वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु गरेको छ । सिद्घार्थ युनाइटेड र टिम ब्राइड होपकाबीच उद्घाटन खेल भएको थियो । यसमा टीम ब्राइटले पेनाल्टीमा १ गोल गरेर सिद्धार्थ युनाइटेडलाई पराजित गरेको छ ।

१५ गतेसम्म चल्ने खेलमा २८ समूह बिच प्रतिस्पर्धा भइरहेको छ । यो दोस्रो श्रृङ्खला हो । खेल उद्घाटन भएको दिन ८ वटा समूहका बिच प्रतिस्पर्धा भएको छ । उद्घाटन सत्रमा बोल्दै व्यवस्थापिका संसद, अर्थ समितिका सभापति सन्तोष चालिसेले, खेलकुदले युवाहरुको शक्तिलाई राष्ट्रिय पहिचान प्रवर्धनमा रुपान्तरण गर्ने बताए । यसका लागि स्थानीयले अगाडि सारेका कार्यक्रममा प्रदेश र संघ सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

निष्क्रियताउन्मुख सहरी जीवनशैलीलाई सक्रिय बनाउन र खेलबाट स्वस्थ्य जीवनको प्रवर्धन गर्न प्रतिस्पर्धा आयोजना गरिएको र यस्ता कार्यक्रम नियमित सञ्चालन हुने वडाध्यक्ष भुवन लामाले जानकारी दिए । वडा सदस्य नरेन्द्र कुमार थापा (भगवान) ले, फुटबल खेलले निराश युवाहरुलाई सकारात्मक सोच निर्माणमा सहयोग गरेको उल्लेख गरे ।

समाजको सन्तुलित एवं सर्वाङ्गीण विकासका लागि समावेशी र समतामूलक खेलका कार्यक्रममा आयोजना गर्ने कार्यक्रम रहेको बताउँदै वडा सचिव कमल गौत्तमले, संयोजन गरेको टुसाल युवा क्लबले खेलकुद प्रति वडा एवं महानगरले राखेको चासो र सहयोग प्रति धन्यबाद दिँदै आगामी दिनमा समेत खेलकुदको विकासमा सहकार्य गर्ने प्रतिबद्धता समेत जनाए ।

प्रतिक्रिया दिनुहोस