८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डुबान क्षेत्रमा उच्च आवास गृह निर्माण

अ+ अ-

भजनी (कैलाली) । जिल्लाको भजनी नगरपालिका–३ का विष्णु चौधरीलाई बर्सेनि बाढी र डुबानका कारण विस्थापित भएर हुलाकी सडकमा आश्रय लिनुपर्ने बाध्यता छ । बर्खा सुरु भएपछि विष्णुजस्ता सयौँ परिवारका लागि  बाढी र डुबानबाट विस्थापित भएर सडकमा आश्रय लिनु बाध्यता हो । पटकपटक बाढीको जोखिमबाट छुटकाराका लागि हारगुहार गरिरहेका विष्णुलाई यस वर्ष हुलाकी सडक छेउमा निर्माण भएको उच्च आवासगृहले आशा जगाएको छ । 

 सङ्घीय सहरी तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइले छ वर्ष पहिलेदेखि  भजनी क्षेत्रमा उच्च आवास गृह निर्माणका लागि बजेट विनियोजन हुने तर जग्गा प्राप्तिमा समस्या भएपछि त्यो फिर्ता हुँदा जोखिममा परेका नागरिक निराश थिए ।

धुसीस्थित राष्ट्रिय माध्यमिक विद्यालयले नगरपालिकामार्फत उच्च आवास गृहका लागि जग्गा उपलब्ध गराएपछि भवन निर्माणको काम सुरु भएसँगै स्थानीय खुसी भएका छन् । सङ्घीय सहरी तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइमार्फत रु एक करोड ६६ लाखको लागतमा भवन निर्माणाधीन छ । जिल्लाका अन्य स्थानमा पनि यस्तै बनेका छन् । त्यसैअन्तर्गत भजनीमा सो भवन निर्माण हुन लागेको हो”, कार्यान्वयन एकाइका इन्जिनियर मोहन अवस्थीले भने, “यस्तै अर्को भवन कञ्चनपुरको बेलडाँडीमा पनि निर्माण भइरहेको छ ।” भवन सञ्चालनमा आएपछि प्रभावितलाई राहत हुनेछ । उनका अनुसार चालु आवमा सबै काम नसकिए पनि बस्न सक्ने स्थितिको भवनको काम हुनेछ ।

 “सबै काम यस वर्ष सकिँदैन, बाँकी अर्को वर्ष सक्ने गरी पुनः रु एक करोड ५० लाख बजेट आएको छ”, उनले भन्छन्, “त्यसभन्दा पछि आवश्यकताअनुसार दुई तलासम्म स्थानीय सरकारले आफ्नो स्रोतबाट थप गर्न सक्ने गरी डिजाइन बनाइदिएका छौँ ।” भवनको ८० प्रतिशत काम पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस