७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेलिकमको सेवा ‘एफटिटिएच’मा स्तरोन्नति

अ+ अ-

काठमाडौँ । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, नक्सालमा कपर प्रविधिबाट सञ्चालित ‘पिएसटिएन’ र ‘एडिएसएल’ सेवालाई आधुनिक फाइबर प्रविधिको ‘एफटिटिएच’ (फाइबर टू द होम) नेटवर्कमा स्तरोन्नति गरी कपर नेटवर्क बन्द (सट डाउन) गरेको छ । यससँगै काठमाडौँ उपत्यकाका अधिकांश स्थानको सेवा ‘एफटिटिएच’मा स्तरोन्नति भएको कम्पनीले आज विज्ञप्तिमार्फत जनाएको छ ।

दूरसञ्चार कार्यालय नक्सालमा आज आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) ले पुरानो कपर प्रविधिमार्फत सञ्चालित सेवा बन्द गर्दै टेलिकमले समयअनुसार नयाँ प्रविधि अवलम्बनलाई निरन्तरता दिएको बताइन् । 

उनले नेपाल टेलिकमप्रति सेवाग्राहीमा भएको सकारात्मक धारणालाई चिरस्थायी बनाउन कम्पनीले ग्राहकमैत्री सेवा प्रवाह गर्नुपर्ने र यसका लागि कम्पनीका कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने बताइन् ।

कार्यक्रममा बागमती प्रादेशिक निर्देशनालयकी निर्देशक रीना डङ्गोल र प्रमुख सञ्चालन अधिकृतको कार्यालयका प्रबन्धक शालिग्राम पराजुलीलगायतका वक्ताले हाल टेलिकमले विभिन्न स्थानमा स्तरोन्नति जारी राखेको बताउँदै ग्राहकलाई गुणस्तरीय सेवा दिने कार्यलाई सबैले आत्मसात् गर्नुपर्ने धारणा राखे। 

दूरसञ्चार कार्यालय नक्सालका कार्यालय प्रमुख सन्तोष भण्डारीले नक्सालमा पाँच हजार क्षमताको एक्सचेन्ज निर्माण भई हाल क्षमताको ४२ प्रतिशत लाइन सञ्चालनमा रहेको जानकारी दिए ।

‘एफटिटिएच’ प्रविधिअन्तर्गत एनटी फाइबरमार्फत सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रयोग गर्न सक्नेछन् । नेपाल टेलिकमले देशभरका पुरानो कपर प्रविधिलाई विस्थापन जारी राखेको छ । यसबाट छिट्टै देशभरका सम्पूर्ण नेटवर्क स्तरोन्नति हुने नेपाल टेलिकमले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस