सरकार जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन प्रतिबद्ध छ : मन्त्री राई « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सरकार जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन प्रतिबद्ध छ : मन्त्री राई


१४ असार २०८१, शुक्रबार


मोरङ । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सरकार जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका छन् । 

नेपाल खानेपानी संस्थानले निर्माण गर्न लागको  ‘विराटनगर खानेपानी सुधार आयोजना’को आज शिलान्यास गर्दै मन्त्री राईले पिठ्यूँ र डोकोमा पानीको गाग्री बोक्नुपरेको समस्या अन्त्य गर्न मन्त्रालय लागिपरेको बताएका हुन् । 

सरकारले अघि सारेको सबै नेपाली जनतालाई ‘एक घर, एक धारा’ नीति सफल बनाउन संघ, प्रदेश र स्थानीय तहले काम सुरु गरेको बताए । जापान सरकारले नेपाली जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन सहयोग उपलब्ध गराएकामा मन्त्री राईले धन्यवाद दिए ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, कोशी प्रदेश सभा सदस्य गयानन्द मण्डल, विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की, नेपालस्थित जापानी राजदूतावासका ताकाहिरोतामुरा र जाइका नेपाल कार्यालयका अकिमिक्सु ओकुबोले आ-आफ्नो धारणा राखेका थिए । 

आगामी सन् २०२६ मा सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढाइएको सो आयोजनाबाट झण्डै एक लाख नगरवासीमा खानेपानीको सुविधा पुग्ने संस्थानका महाशाखा प्रमुख कमल थापाले जानकारी दिए ।  

Tags :
प्रतिक्रिया दिनुहोस