२६ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडा कार्यालय भवन निर्माण

अ+ अ-

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिका-५ पन्थोकमा वडा कार्यालय भवन निर्माण भएको छ । 

मालिका गाउँपालिकाले रु. ७६ लाखको लागतमा ७ कोठे एक तले भवन निर्माण गरेको हो । अपाङ्गमैत्री, भूकम्प प्रतिरोधी क्षमता भएको भवन निर्माणका लागि गत मंसिर १८ गते भगवती मालिका कन्ट्रक्सनसँग रु। ७६ लाख ७ लाख ५८८ मा ठेक्का सम्झौता भएको थियो । 

निर्माण कम्पनीका प्रतिनिधि विजय भट्टचनले असार मसान्त सम्म म्याद भएपनि लक्ष्य अघि नै भवन निर्माण सकिएको जानकारी दिए । १ वटा सभाहल, वडा अध्यक्ष, सचिव, वडा सदस्य, प्राविधिक, सहयोगी र भण्डारण कक्ष भएको भवनमा ४ वटा शौचालय र शयनकक्ष छन् । 

वडा अध्यक्ष मिम पुनले हस्तान्तरण भएपछि नयाँ भवनबाट सेवा शुरु गर्ने बताए । यसअघि भिम मावि परिसरमा रहेको साविक देविस्थान गाविसको पुरानो र जीर्ण भवनबाट वडा कार्यालय सञ्चालन हुँदै आएको थियो । 

७ वटा वडा रहेको मालिका गाउँपालिकाको यसअघि वडा नं. ३ को किटिनिमा भवन निर्माण भएको थियो । वडा नं। ६ को कार्यालय तत्कालीन दरवाङ गाविसको भवनबाट सञ्चालन हुने गरेको छ । 

आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको प्रशासकीय, वडा नं.१ र ७ को भवन बनाउन रु। २ करोड बजेट विनियोजन भएको अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए। वडा नं. २ रुम र वडा नं. ४ ओखरबोटको कार्यालय पनि पुरानो भवनबाट सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस