काम सम्पन्न गर्नेलाई पुरस्कृत र नगर्नेलाई दण्डित गरिन्छ : प्रमुख महर्जन « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

काम सम्पन्न गर्नेलाई पुरस्कृत र नगर्नेलाई दण्डित गरिन्छ : प्रमुख महर्जन


१५ असार २०८१, शनिबार


काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आयोजनाहरूको समयमै निर्माण सम्पन्न गर्ने कम्पनीहरूलाई पुरस्कृत र नगर्नेलाई दण्डित गर्ने बताएका छन् । 

शनिबार ललितपुर महानगरपालिका वडा नम्बर २७ र २२ जोड्ने नख्खु खोला पुलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख महर्जनले आयोजना निर्माणका क्रममा कामको गुणस्तर र समयमा ध्यान दिन आग्रह गरे । 

उनले भने, ‘हामीले आयोजना निर्माणका क्रममा सबै ठेकेदारहरूलाई बोलाएर आयोजनाहरू समयमै सम्पन्न गर्न र कामको गुणस्तरमा ध्यान दिन आग्रह गर्दै आएका छौं । समयमै निर्माण सम्पन्न गर्ने ठेकेदार कम्पनीलाई पुरस्कृत र नगर्नेलाई दण्डित गर्छौं ।’

प्राकृतिक विपद्हरू बाजा बजाएर नआउने उल्लेख गर्दै कामका क्रममा गुणस्तरमा ध्यान दिन जरुरी रहेको उनको भनाइ छ । 

Tags :
प्रतिक्रिया दिनुहोस