गुटका कारण कम्युनिष्ट आन्दोलनलाई ठूलो धक्का लाग्यो : अध्यक्ष नेपाल  « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गुटका कारण कम्युनिष्ट आन्दोलनलाई ठूलो धक्का लाग्यो : अध्यक्ष नेपाल 


१५ असार २०८१, शनिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने सङ्कल्पका साथ अगाडि बढेको बताएका छन् । 

शनिबार नेकपा एसले १० औँ राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा गुटका कारण कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खाएको भन्दै अब एकताका साथ अगाडि बढ्ने बताए । 

उनले भने, ‘गुटबन्दी नहोस, नेताहरु मिलेर अगाडी बढ्नुहोस्, गुटले धेरै ठूलो क्षति पु¥याएको छ । विगतमा पनि गुटले गर्दा कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खाएको थियो । त्यसैले आउँदो महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने सङ्कल्पका साथ अगाडि बढेका छौ । यसको साथै कम खर्चमा सहज तरिकाले सम्पन्न हुने हिसाबले अगाडि बढेका छौ ।’ 

यसको साथै, उनले नेपालको राजनीति र कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद अत्यन्तै खतरनाक रुपमा देखा परेको भन्दै यस्तो प्रवृत्तिबाट पार्टीलाई जोगाउन र समाजवादको दिशामा अघि बढाउन आवश्यकता रहेको बताए । 

उनले भने, ‘जोसँग आँट र सङ्कल्प छैन त्यसले केही गर्न सक्दैनन् । यस अर्थमा हामीले नेपालको राजनीतिमा हाम्रो विशिष्ट स्थानलाई स्थापित गर्नुपर्ने आवश्यकता छ । अगाडि बढ्ने क्रममा कमि कमजोरीहरु हुन्छन् । त्यसलाई सुधार गर्नुपर्ने आवश्यकता पर्छ । यो नेपालको राजनीतिमा र कम्युनिष्ट आन्दोलनमा यो दक्षिणपन्ती अवसरवाद अत्यन्तै खतरनाक रुपमा देखा परेको छ । प्रवृत्तिबाट हाम्रो पार्टीलाई जोगाउनुपर्ने र समाजवादको दिशामा अघि बढाउनुपर्ने आवश्यकता छ ।’ 

नेकपा एस घटनाक्रमलाई निर्णायक मोड दिने, सक्रिय हस्तक्षेप गर्ने, नेपाली राजनीति दिशाबोध गर्ने क्षमता भएको पार्टी भन्दै यसले प्रत्येक चुनौतिको सफलताका साथ सामना गर्दै आएको पनि उनको भनाइ छ ।  

उनले भने, ‘नेपाली समाजमा ठूल ठुला उथलपुथलहरु भएका छन् । प्रत्येक घटनामा अत्यन्तै महत्वपूर्ण अग्रगामी भूमिका खेलेका छौ । अगुवाई गरेका छौ । सहभागी मात्र होइन, नेतृत्व गरेका छौ । नेकपा एकीकृत समाजवादी अन्यजस्तो साधारण पार्टीको रुपमा होइन, त्यतिकै घटना क्रममा सहभागी हुने पार्टी होइन । घटनाक्रमलाई निर्णायक मोड दिने, सक्रिय हस्तक्षेप गर्ने, नेपाली राजनीति दिशाबोध गर्ने त्यो क्षमताको साथे पार्टी अगाडि बढ्दै आएको छ । प्रत्येक चुनौतिको सफलताका साथ सामना गरेका छौ ।’ 

Tags :
प्रतिक्रिया दिनुहोस