सरकारले दिने स्रोतसाधन प्रायः सबै क्षेत्रमा कमी आएको छ : मन्त्री चौधरी  « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सरकारले दिने स्रोतसाधन प्रायः सबै क्षेत्रमा कमी आएको छ : मन्त्री चौधरी 


१५ असार २०८१, शनिबार


सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले असार १५ गते मनाइने राष्ट्रिय धान दिवसले किसान र कृषिलाई प्रोत्साहन गर्ने बताएका छन् । 

शनिबार नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीले राष्ट्रिय धान दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । शान्ति सुरक्षा कायम गर्नका निम्ति सुरक्षा निकायको विशेष भूमिका रहेको भन्दै उनले जो जहाँ छ त्यो व्यक्ति वा निकायले देश र समाजका निम्ति विशेष भूमिका खेल्नुपर्ने बताइन । 

सूचना क्षेत्र, सञ्चारको क्षेत्रमा, शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा नेपाली सुरक्षाकर्मीको भूमिका महत्त्वपूर्ण रहेको भन्दै मन्त्री चौधरीले भनिन्, ‘सुरक्षा निकायमा काम गर्ने सबै व्यक्तिहरूले, अन्य सार्वजनिक सेवामा काम गर्ने व्यक्तिहरूले पनि घरपरिवार सबै छाडेर देशको सेवामा आफूलाई समर्पित गर्दै आउनुभएको छ । त्यस कार्यप्रति हामी उच्च प्रशंसा गर्दछौँ ।’

सकारात्मक सोचका साथ अगाडि बढ्न समेत आग्रह गर्दै मन्त्री चौधरीले मुलुक बनाउनका निम्ति, नेपालको रक्षा गर्नका निम्ति, मुलुकको उर्वराको रक्षा गर्नका निम्ति सबैले भूमिका खेल्नुपर्ने बताइन । धान दिवसलाई राष्ट्रिय उत्सवको रूपमा मनाउँदै आएको भन्दै उनले यो दिवसले किसान र कृषि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताइन ।

‘परम्परागतदेखि नै असारमा केही न केही कार्यक्रम गर्दै आएको पाइन्छ । २०६१ सालदेखि नेपाल सरकारले असार १५ गतेलाई धान दिवस मनाउँदै आएको हो’, उनले भनिन । उनले बच्चादेखि नै यस्तो कुराहरू परिवारमा समेत मनाउने प्रचलन रहेको स्मरण गरिन् ।

यस वर्षदेखि नेपाल सरकारले कृषि दशक वर्ष मनाउन सुरु गरेको भन्दै उनले तर भने जति बजेट भने व्यवस्था हुन सकेको छैन । ‘यसलाई बिस्तारै वृद्धि गर्दै लैजानुपर्छ । यस्ता कार्यक्रम सञ्चालन गर्दा बजेटको सीमितताका कारण समस्या हुने गरेको छ’, मन्त्री चौधरीले भने ।

सरकारले दिने स्रोतसाधन प्रायः सबै क्षेत्रमा कमी भएका कारण काम गर्नका निम्ति कठिनाइका बिच त्यसलाई व्यवस्थापन गर्न सकिने उनले बताइन । राज्यले सुरुआत गरेको धान दिवसले किसानहरू प्रोत्साहित हुने मन्त्री चौधरीले बताइन । 

नेपालको ब्रान्ड यो हो भनेर केही विशेष उत्पादनहरूमा हुनुपर्ने भन्दै उनले परम्परागत रूपमा जानेको सीपलाई केही वैज्ञानिकता मिलाएमा अझ प्रभावकारी हुने बताइन ।

Tags :
प्रतिक्रिया दिनुहोस