काठमाडौँ । संयुक्त राज्य अमेरिका र वेस्ट एन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा भारतका विराट कोहलीले अर्ध शतक पूरा गरेका छन् ।
बार्बाडोसस्थित किङ्सटाउन मैदानमा दक्षिण अफ्रिकाविरुद्ध पहिले ब्याटिङ रोजेका भारतको लागि विराट कोहलीले ४८ बलमा ५० रन बनाउँदै अर्ध शतक पूरा गरेका हुन् । उनले ४ चौका प्रहार गरेका छन् ।
१७ ओभरको खेलमा ४ विकेटको क्षत्रिमा भारतले १३४ रन जोडेको छ ।