बाढीपहिरो पीडितलाई राहतको व्यवस्था मिलाउन राष्ट्रिय जनमोर्चाको माग « प्रशासन
Logo १८ असार २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बाढीपहिरो पीडितलाई राहतको व्यवस्था मिलाउन राष्ट्रिय जनमोर्चाको माग


१६ असार २०८१, आइतबार


काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बाढीपहिरोमा परी घरबारविहीन भएकालाई यथाशीघ्र राहतका साथै उचित बसोबासको व्यवस्था मिलाउन पनि सरकारसमक्ष माग गरेका छन् ।

उद्धार पछिको राहत, क्षतिपूर्ति तथा स्वास्थ्य उपचार लगायतका विषयलाई समेत केन्द्रमा राखेर योजना बनाउनु पर्ने आवश्यकतामा उनले जोड दिएका हुन् ।

मनसुन सुरु भएको प्रारम्भिक दिनहरूमा समेत वर्षाले मच्चाएको विध्वंस र त्यसबाट उत्पन्न क्षतिलाई हेर्दा सरकारका विभिन्न निकायहरू, मौसम विभाग, विपद् व्यवस्थापन, रोकथाम, उद्धार लगायतलाई अझै बढी सतर्क र क्रियाशील गराउनु पर्ने आवश्यकता देखिएको पार्टीको भनाई छ । केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘समयमा नै यो विषयमा ध्यान जान नसके आगामी दिनमा अझ थप क्षति हुन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । त्यसैले त्यो अवस्था आउन नदिन सरकारले सुरुमै ध्यान दिनु पर्ने आवश्यकतामा जोड दिन्छौँ ।’

बाढी पहिरोमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति पार्टीले समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको यथोचित उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस