काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा देश अगाडि जान सक्ने अवस्थामा नरहेको बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यथास्थितिमा देश अघि बढ्छ भनेर कसैले पनि जिद्दी गर्न नहुने बताएका हुन् ।
उनले भने, ‘यथास्थितिमा देश अगाडि जान सक्ने अवस्थामा छैन । कसैले जिद्दी गर्नु हुँदैन । अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो ।’
उनले अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता भएको उल्लेख गरे । उनले उद्यमशीलता र व्यावसायिकताले कृषिको आधुनिकीकरण गर्ने र कृषिको आधुनिकीकरणले रोजगारीका अवसर सिर्जना गर्ने बताए ।
‘अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो । उद्यमशीलता र व्यावसायिकताले कृषिको आधुनिकीकरण गर्दछ । कृषिको आधुनिकीकरणले रोजगारीका थुप्रै अवसर सिर्जना गर्दछन्, कृषि आधारित ससाना उद्योगहरू र त्यो बिस्तारै गएर ठूला उद्योगहरूमा परिणत हुनसक्छ ।’ उनले भने ।
उनले गरिबीबाट माथि उठ्न मसिनो चामल नभई आफ्नै देशमा मोटो चामलको भए पनि उत्पादन बढाउनुपर्ने बताए ।
उनले भने, ‘ हामीले अहिले चिन्ता गर्नुपर्ने कुरा भनेको, मसिनो खाने बानी पर्यो, मसिनो खाने बानी परेकालाई खान दिउँ । तर मसिनो होइन हामीलाई मोटा चामल भए पनि खान पुग्नुपरेको छ ।’
गरेर अघि बढ्न आग्रह गरेको पनि बताए ।