पृथ्वीसुब्बा गुरुङले भने-मदन भण्डारीको हत्या हाम्रै पार्टीको लापरबाहीका कारण भएको हो  « प्रशासन
Logo १८ असार २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पृथ्वीसुब्बा गुरुङले भने-मदन भण्डारीको हत्या हाम्रै पार्टीको लापरबाहीका कारण भएको हो 


१६ असार २०८१, आइतबार


पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नै पार्टीको कमजोरीका कारण मदन भण्डारीको हत्या भएको दाबी गरेका छन् ।

मदन भण्डारीको ७३औँ जन्मजयन्तीका अवसरमा अखिल नेपाल महिला संघ गण्डकी प्रदेश कमिटीले पोखरामा आयोजना गरेको विचार गोष्ठीमा उपमहासचिव गुरुङले पार्टीको बेवास्ताका कारण मदन भण्डारीको हत्या भएको दाबी गरेका हुन् ।

‘मदन भण्डारीको हत्या चाहिँ हाम्रो पार्टीको बेवास्ता भन्छ के लापरवाही त्यसले गर्दाखेरि पनि भएको हो’, उनले भने, ‘कुनै पनि बेला बेचिन सक्थ्यो भन्ने थाहा हुन्थ्यो । दरबारको मान्छेको गाडी चढेर मदन भण्डारीले दरबारसँग साँठगाँठ गरे भन्ने हाम्रा मान्छेहरू । पार्टीको नेता सुरक्षाका लागि गाडी चढ्नुपर्छ भन्ने नसोच्ने हामी ।’

इन्द्रिरा गान्धीको जस्तो हत्या मदन भण्डारीको नभएको गुरुङले बताए । मदन भण्डारीको हत्या लुकेर, जालझेल गरेर, षड्यन्त्र गरेर गरेकाले पत्ता लगाउन गाह्रो भएको उनको भनाइ छ ।

मदन भण्डारीले सिद्धान्तका लागि जीवन नभई जीवनका लागि सिद्धान्त भनेर व्याख्या गर्ने गरेको उपमहासचिव गुरुङले उल्लेख गरे । मदन भण्डारीले पार्टी चलाउन कार्यकर्ताले पत्याएको हुनुपर्ने र मुलुक चलाउने हो भने जनताले पत्याएको हुनुपर्ने एउटा सिद्धान्त प्रतिपादन गरेको उनले औँल्याए ।

Tags :
प्रतिक्रिया दिनुहोस