विवाद टुङ्ग्याएर तत्काल निर्वाचनमा जान पत्रकार महासंघका पूर्वअध्यक्षहरुको अपिल « प्रशासन
Logo १८ असार २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

विवाद टुङ्ग्याएर तत्काल निर्वाचनमा जान पत्रकार महासंघका पूर्वअध्यक्षहरुको अपिल


१६ असार २०८१, आइतबार


काठमाडौँ । नेपाल पत्रकार महासंघका पाँचजना पूर्वअध्यक्षहरुले विवाद टुङयाएर तत्काल निर्वाचनमा जान अपिल गरेका छन् ।

आइतबार पूर्वअध्यक्षहरुले एक वक्तव्य प्रकाशित गरी महासंघको वैधानिक संरचना भित्रबाट विवादको हल खोजेर तत्काल निर्वाचनमा जान केन्द्रीय अध्यक्ष विपुल पोखरेलसहित केन्द्रीय समिति समक्ष अनुरोध गरेका हुन् ।

महासंघका पूर्वअध्यक्षहरु किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र शिव गाउँलेले आइतबार यस्तो अपिल गरेका हुन्।

‘महासंघको केन्द्रीय कार्यालय र जिल्ला तथा प्रदेश कार्यालयहरूमा तालाबन्दी र हुलहुज्जत हुनुलाई हामी दुभाग्र्यपूर्ण र आपत्तिजनक कार्य मान्दछौँ’ अपिलमा उनीहरूले भनेका छन् ।

अपिलमा महासंघको निर्वाचनका सन्दर्भमा देखिएको सदस्यतालगायतको विवादको समाधान महासंघको वैधानिक संरचनामार्फत खोज्ने परम्परा अवलम्बन गर्दै विवाद हल गरी तत्काल निर्वाचन प्रक्रियामा जान महासंघका अध्यक्षसहित केन्द्रीय समितिको ध्यानाकर्षण गराइएको छ ।

यस्तै अपिलमा महासंघका सदस्यहरूले गर्ने आन्तरिक लोकतन्त्रको अभ्यासमा समस्या देखिएको बहानामा सरकार र राजनीतिक दलहरूले गर्न सक्ने हस्तक्षेप र राख्न सक्ने प्रभावका सम्बन्धमा गम्भीर बन्न समेत सदस्यहरूमा अपिल गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस