भेनेजुएला कोपाको अन्तिम ८ मा « प्रशासन
Logo १८ असार २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भेनेजुएला कोपाको अन्तिम ८ मा


१७ असार २०८१, सोमबार


काठमाडौँ । भेनेजुएला कोपा अमेरिकाको समूह चरणमा शतप्रतिशत जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा सोमबार बिहान जमैकामाथि ३–० को सहज जित दर्ता गरेको हो । 

टेक्ससमा भएको खेलमा भेनेजुएलाले पहिलो हाफ गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा ३ गोल गरेको थियो । भेनेजुएलालाई एडवार्ड बेलोले ४९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ४६ औं मिनेटमा जोस सालमोनले अग्रता दोब्बर बनाए । ८५ औं मिनेटमा एरिक रेमिरेजले गोल गरेपछि भेनेजुएला ३–०को सहज जितका साथ अन्तिम ८मा पुग्न सफल भयो । 

जमैका भने समूह चरणका सबै खेलमा हार व्यहोरेर बाहिरिएको छ । यही समूह बीमा रहेका इक्वेडर र मेक्सिोको बराबरी खेले । बराबरीले इक्वेडरलाई अन्तिम ८ मा स्थान पक्का गराउँदा मेक्सिो भने प्रतियोगिताबाट बाहिरिएको छ । दुवै टिमको समान चार चार अंक भए पनि गोल अन्तरका आधारमा इक्वेडर अन्तिम आठमा प्रवेश गरेको हो ।

क्वाटरफाइनलमा भेनेजुएलालले क्यानडासँग खेल्दा इक्वेडरले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस