रास्वपाले राजदूत बन्न छान्यो सात जना, अन्तिम टुङ्गो लगाउने जिम्मा वाग्ले र खनाललाई « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

रास्वपाले राजदूत बन्न छान्यो सात जना, अन्तिम टुङ्गो लगाउने जिम्मा वाग्ले र खनाललाई


१७ असार २०८१, सोमबार


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले खुला आह्वानमार्फत् राजदूत बन्न सात जनाको नाम तय गरेको छ।

रास्वपाले राजदूतहरुको सिफारिसका लागि सम्भावित नाम सुझाउन अनलाइन फारम र इमेलमार्फत् आह्वान गरेकामा २४० जनाको आवेदन परेको थियो। त्यसमध्येबाट सात जनाको समावेशी सूची तयार पारिएको सांसद शिशिर खनालले जानकारी दिए।

‘नेपाल र विदेशमा ख्याती कमाउनु भएका विभिन्न विधाका प्रतिष्ठित नाममाथि रास्वपा अन्तर्राष्ट्रिय विभागको तर्फबाट सात जनाको समावेशी सूची पार्टी सभापति रवि लामिछानेलाई बुझाइएको छ,’ खनालले भने।

अन्तिम सूचीमा रहेका व्यक्तित्वहरूसँग आवश्यक छलफल गरी प्रस्तावित दुई जनाको नाम तय गर्न सभापति लामिछानेले पार्टी उपसभापति स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाललाई जिम्मा दिएको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस