धनुषामा जन्ती सबार बस दुर्घटना हुँदा १५ जना घाइते « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

धनुषामा जन्ती सबार बस दुर्घटना हुँदा १५ जना घाइते


१७ असार २०८१, सोमबार


धनुषा । धनुषामा जन्ती सबार बस दुर्घटना भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।

सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको बस सडक छेउमा पल्टिँदा १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहामा राति ९ बजे जन्ती सबार ना ४ ख ४४९२ नम्बरको बस दुर्घटना भएको हो ।

घाइते हुनेहरूमा सर्लाहीको कौडेना गाउँपालिका ६ का ६० वर्षीय जयन्दर राय, ३२ वर्षीय मनोज कुमार यादव, ५४ वर्षीय ससुखन यादव, वीरेन्द्र रायका ७ वर्षीय छोरा निगम राय, ६५ वर्षीय केबट बैठा रहेका छन्। यस्तै सर्लाही विष्णुपुर गाउँपालिका ८ का ३७ वर्षीय राधेश्याम प्रसाद यादव, ६० वर्षीय टेकन राय, ६५ वर्षीय दीप नारायण यादव, ६२ वर्षीय बिन्देश्वर राय, ७० वर्षीय लाल बाबु राय, २८ वर्षीय विजय कुमार साह रहेका छन्। त्यसैगरी ६० वर्षीय जगदीश राय, ६० वर्षीय कपिलेश्वर राय पनि घाइते भएका छन्। घाइते मध्ये प्रायःको अवस्था सामान्य रहेको छ भने जयन्दर रायको अवस्था मध्यम रहेको छ। उनीहरू सबैको उपचार गोदार स्थित रिया पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात् बस चालक फरार रहेको छ भने चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस