काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट समसामयिक राजनीतिमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा भएको छलफलको विषय सार्वजनिक भएको छैन । तर प्रधानमन्त्री ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले सरकारको कामकारबाहीबारे छलफल भएको बताए ।
नयाँ सत्ता समीकरणको प्रयास भइरहेको चर्चाकाबीच ‘प्रचण्ड’ र ओलीबीच लगातार दुई दिन भएको भेटलाई अर्थपूर्ण मानिएको छ । ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्ता साझेदारीका विषयमा छलफल भएका समाचार सार्वजनिक हुँदै आएका छन् ।