गौतमबुद्ध विमानस्थल सञ्चालन समस्या बुझ्न संसदीय उपसमितिको टोली भैरहवामा « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गौतमबुद्ध विमानस्थल सञ्चालन समस्या बुझ्न संसदीय उपसमितिको टोली भैरहवामा


१७ असार २०८१, सोमबार


काठमाडौँ । प्रतिनिधि सभा सार्वजनिक लेखा समितिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएका समस्याबारे अध्ययन गर्न पूर्वपर्यटन मन्त्री तथा सांसद योगेश भट्टराईको नेतृत्वमा गठन गरेको उपसमिति भैरहवामा पुगेको छ ।

समितिले विमानस्थल अवलोकन गर्नुका साथै सरोकारवालासँग छलफल गरेको छ । यस समितिमा रुपन्देही–२ बाट नि संघीय सांसद रहेका पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, क्षेत्र नम्बर १ का सांसद तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा, ४ का सर्वेन्द्रनाथ शुक्ला, ५ का वासुदेव घिमिरे, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीलगायत छन् ।

समितिले असार १६ गतेदेखि १८ गतेसम्मको कार्यतालिका बनाएर आइतबार राती भैरहवामा गएको हो । सोमबार विमानस्थलको ऐतिहासिक पृष्ठभूमि, निर्माणमा गरिएको जम्मा लगानी, वैदेशिक ऋण, अनुदान, स्वदेशी, निर्माणको आवश्यकता र औचित्य, निर्माणमा रहेका त्रुटिहरू, विमानस्थलको क्षमता र विस्तार, उद्देश्यबमोजिमको प्रतिफलको सुनिश्चितता, भारतसँगको सीमानाका कारण विमानस्थल प्रयोगको चुनौती, अन्य समस्या तथा चुनौती, विमानस्थल निर्माणको उद्देश्यअनुरूपको उपयोगको सुनिश्चितता सहितको भावी कार्ययोजना लगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पूरा भइसक्दा पनि उडान संख्या भने वृद्धि नहुँदा स्थानीय तथा व्यवसायी निराश छन् । ०७९ जेठ २ बाट विमानस्थल सञ्चालनमा आएको हो । सञ्चालनको पहिलो वर्ष जजिरा एयर लायन्सले नियमित उडान भरेकाले यहाँको चहलपहल ठीकै थियो तर जजिराले हाल उक्त उडान रोकेपछि सुनसान बनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस