काँग्रेससँग मिलेर सरकार बनाउने तयारी छैन : ओली « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

काँग्रेससँग मिलेर सरकार बनाउने तयारी छैन : ओली


१७ असार २०८१, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

बिहान ९ बजेदेखि करिब ४ घण्टा चलेको छलफलमा एमाले अध्यक्ष ओलीले बाहिर सञ्चारमाध्यममा आएजस्तो काँग्रेस र एमाले मिलेर सरकार बनाउने तयारी नभएको भन्दै प्रधानमन्त्री ‘प्रचण्ड’लाई आश्वस्त पारेका थिए।

भेटमा दुई नेताबीच यही सरकारलाई बलियो बनाएर लैजाने विषयमा सहमति भएको प्रधानमन्त्री ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

यस्तै बैठकमा मन्त्रीमण्डल पुनर्गठनका विषयमा पनि कुराकानी भएको छ।

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा कसरी सहभागी गराउने भन्नेबारे पनि अध्यक्ष ओली र प्रधानमन्त्री ‘प्रचण्ड’बीच संवाद भएको बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस