सीआईबीले भन्यो-६० किलो सुन तस्करीमा दिपेश पुनको संलग्नता देखिएन « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सीआईबीले भन्यो-६० किलो सुन तस्करीमा दिपेश पुनको संलग्नता देखिएन


१७ असार २०८१, सोमबार


काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा संलग्नता नभेटिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई प्रतिवादी बनाउन नपर्ने निष्कर्ष निकालेको छ ।

२०८० साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद सुन तस्करी प्रकरणको अनुसन्धानमा दिपेशको संलग्नता नभेटिएको सीआईबीले जनाएको छ ।

सोही आधारमा दिपेश पुनलाई प्रतिवादी नबनाइएको सीआईबीको भनाइ छ । सीआईबीले यस प्रकरणमा अहिलेसम्म २० जनालाई पक्राउ गरेको छ ।

यस प्रकरणमा नेपाली, भारतीय र चिनियाँसमेत गरी २६ जना अझै फरार रहेका छन् । सोमबार सीआईबीले पत्रकार सम्मेलन गरी यसबीचमा ब्रेकसू र इलेक्ट्रोनिक सामानमा गरी करिब ३२ क्विन्टल सुन तस्करी भएको तथ्य सार्वजनिक गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस