काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी नियुक्त भएका छन् ।
आज सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ स्तरीय बैठकले जोशीलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
कोषको कार्यकारी निर्देशकको पदावधि ४ वर्षको हुन्छ । कोषको अध्यक्ष पर्यटनमन्त्री हुने प्रावधान छ ।
यसअघिका कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति उच्च अदालत पाटनले बदर गरिदिएको थियो ।