जलस्रोतको स्वामित्व र अधिकार नेपालमै निहित छ : ऊर्जा मन्त्री बस्नेत « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

जलस्रोतको स्वामित्व र अधिकार नेपालमै निहित छ : ऊर्जा मन्त्री बस्नेत


१७ असार २०८१, सोमबार


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेतले नेपालमा रहेको जलस्रोतको स्वामित्व र अधिकार नेपाल राज्यमा निहित रहने बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । ‘नेपालमा रहेको जलस्रोतको स्वामित्व र अधिकार नेपाल राज्यमा निहित रहनेछ भन्ने स्पष्ट लेखेका छौँ,’ उनले भने ।

सांसदहरूले नेपालको जलस्रोतमा बाह्य मुलुकको लगानी रहेको र विदेशीको पकडमा पुगेको भनेर टिप्पणी गरेका थिए । जवाफमा मन्त्री बस्नेतले यस्तो आशंका गर्न आवश्यक नरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस