बहुविवाह गर्ने महिलालाई कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दर्ता « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बहुविवाह गर्ने महिलालाई कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दर्ता


१७ असार २०८१, सोमबार


काठमाडौँ । मुलुकी संहितामा रहेको बहुविवाह सम्बन्धी प्रावधान एकपक्षीय भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बहुविवाहसम्बन्धी कानून पुरुषलाई मात्रै नभएर महिलालाई पनि समान रूपमा लागु हुनुपर्ने रिटमा माग गरिएको छ ।

अधिवक्ता अनु भट्टराईले महिलालाई पनि पुरुष सरह बहुविवाहको सजाय हुनुपर्ने माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएकी हुन् । सोमबार दर्ता भएको रिटमा मंगलबार सुनुवाइको मिति तोकिएको छ ।

भट्टराईले रिटमा भनेकी छिन्,‘पुरुषहरूले सहजै रूपमा दोस्रो विवाह गर्न नसक्ने उत्कृष्ट कानून भएता पनि विवाहित महिलाहरूले सहजै रूपमा अविवाहित पुरुषसँग विवाह गर्न सक्ने स्थिति हाल नेपालमा रहेको छ । परिणामस्वरुप नेपालमा महिलाहरूले यस असमान कानूनको भरपुर फाइदा उठाई पहिलो श्रीमानसँग डिभोर्स नै नगरी दोस्रो विवाह गरिरहेको पाइन्छ ।’

महिलालाई बहुविवाह गर्न कानूनले नै छुट दिएको भन्दै भट्टराईले यस्तो कानूनलाई सच्याउन र महिलामाथि पनि पुरुषसरह बहुविवाहमा कारबाही गर्ने कानूनी व्यवस्था गर्न आदेशको माग गरेकी छिन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको रिटमा अधिवक्ता अनुले बहुविवाह सम्बन्धी कानुन संशोधन गर्न आवश्यक देखिएको उल्लेख गरेकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस