८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीले भन्यो-एमालेले समीकरण बदलेर काँग्रेससँग गरेको समझदारी अस्वाभाविक

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पछिल्लो राजनीतिक परिस्थितिको सामना गर्ने निर्णय गरेको छ । एमालेले समीकरण बदलेर काँग्रेससँग गरेको समझदारी ‘अस्वाभाविक’ भएको निष्कर्ष निकालेको माओवादीले पछिल्लो परिस्थितिको राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान पार्टीका पदाधिकारी र सरकारमा सहभागी मन्त्रीहरूसहितको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका थिए ।

बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले विकसित राजनीतिक परिस्थितिको सामना गर्ने बताए । ‘भाग्ने, डराउने, तर्सिने कुरा होइन, हामी यसै पनि माओवादी हौँ,’ पौडेलले भने, ‘हामी राजनीतिक रूपमा यसलाई फेस गर्छौँ ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोहोरो भूमिका खेलेको आरोप माओवादीको छ । प्रधानमन्त्री ‘प्रचण्ड’सँग सोमबार लामो समय छलफल गर्दा एउटा कुरा र पछि काँग्रेससँग अर्को कुरा गरेको माओवादी केन्द्रको भनाइ छ । एमाले र काँग्रेस मात्र बसेर राष्ट्रिय सहमतिको सरकार बनाऔँ भनेर आह्वान गर्नु नै नमिल्दो कुरा भएको माओवादीको निष्कर्ष छ ।

‘एकातिर एउटा सहमति गर्ने, अर्कातिर आज बिहान आएर राष्ट्रिय सहमतिको सरकार बनाऔँ भन्ने ?’ माओवादी केन्द्रका सचिव पौडेलले भने, ‘दुई पार्टीले सहमति गरिसकेर अरू पक्षसँग राष्ट्रिय सहमतिको सरकार बनाऔँ भनेर मिल्छ र ? तुरुप चाहिँ एउटा फाल्ने, काम अर्को गर्ने जे भएको छ, यो षड्यन्त्र हो ।’

संविधान संशोधन गर्ने भनेर काँग्रेस र एमालेले गरेको समझदारी व्यवस्था उल्ट्याउने षड्यन्त्र हुनसक्ने आशंका माओवादी केन्द्रलाई छ । राजनीतिक स्थायित्व खोज्ने नाममा व्यवस्थामाथि नै प्रश्न उठाइएको आशंका गर्दै सचिव पौडेलले भने, ‘यो कतै देशलाई पुरानै स्थितिमा फर्काउने षड्यन्त्र त होइन ?’

उनले वर्तमान संविधानका उपलब्धिको रक्षामा सहमत दलहरूसँग छलफल गरेर अघि बढ्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस