मुग्लिन-मलेखु सडक विस्तार सुस्त गतिमा « प्रशासन
Logo २० असार २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मुग्लिन-मलेखु सडक विस्तार सुस्त गतिमा


१८ असार २०८१, मंगलबार


चितवन । मुग्लिन-मलेखु सडकखण्ड विस्तार र स्तरोन्नतिका काम सुस्त गतिमा भइरहेको छ ।

पृथ्वी राजमार्गअन्तर्गतको ३९ किलोमिटर यो खण्डमा सन् २०२२ डिसेम्बरदेखि काम सुरु गरिएकामा एक वर्ष ६ महिनाको अवधिमा १३ प्रतिशत मात्र काम भएको छ । सम्झौता अनुसार यस अवधिमा ३३ प्रतिशत कार्यसम्पन्न हुनुपर्ने थियो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी ई कृष्ण आचार्यले भने नक्शाङ्कन, वर्षात् र चाडपर्वलगायत कारणले लक्ष्यअनुसार काम नभएको बताए। यहाँ सम्झौता गर्ने बेलाको नक्शाङ्कन परिवर्तन गर्नुपरेको र त्यस कार्यमा छ महिना लागेकाले पनि काममा ढिलाइ भएको उनले बताए ।

आचार्यका अनुसार यो खण्डमा रहेका आठवटा पुलमध्ये पाँच पुल निर्माण, नाली, मोड सुधार, टेवा पर्खाल निर्माण, कल्भड विस्तार र सडक चौडाइ गर्ने काम भइरहेका छन् । सडकखण्डमा छवटा पुल निर्माणका लागि ठेक्का लागेकामा हुग्दी खोलास्थित पुलमा केही व्यवस्थापकीय काम बाँकी रहेकाले निर्माण अगाडि बढेको छैन ।

विश्व बैंकको आर्थिक सहयोग रहेको यो खण्ड तीन वर्षभित्र निर्माणसम्पन्न गर्ने गरी शर्मा–जेडआई सिजी जेभीले रु. चार अर्बमा ठेक्का पाएको छ । हाल सात मिटर चौडाइ रहेको सडकका केही ठाउँमा दुई लेनको बनाउन कम्तीमा नौ मिटर चौडाइ बनाइने र बाक्लो बस्ती भएका विशालटार, मझिमटार, कुरिनटार र चुम्लिङटार गरी चार स्थानमा सात दशमलव १५ किलोमिटर सडक चार लेन बनाइने आचार्यले बताए ।

चार लेन सडक १४ मिटर फराकिलो हुनेछ । यस्तै तीन किलोमिटर उकाला ठाउँमा तीन लेन सडक बनाइने र यसको चौडाइ १० दशमलब पाँच मिटर हुनेछ । राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने प्रमुख सडक भएकाले उच्च सवारी चापका बाबजुद काम गर्नु परेकाले निर्माण कार्यलाई तीव्रता दिन नसकिएको आयोजनाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस