६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कामपाको फोहोर ल्याण्डफिल साइटमा लैजाने क्रम तत्काल रोक्नु पर्ने अवलोकन टोलीको प्रतिक्रिया

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको फोहोर ल्याण्डफिल साइटमा लैजाने क्रम तत्काल रोक्नु पर्ने अवलोकन टोलीले प्रतिक्रिया दिएको छ ।

बञ्चरेडाँडामा फोहर व्यवस्थापनको वर्तमान अवस्था अवलोकनका लागि गएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, सदस्यहरु भुवन लामा, वीरेन्द्र प्रजापती र वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठसहितको टोलीले यस्तो बताएको हो ।

बर्खा सुरुभएसँगै ल्याण्डफिल साइट, साइटमा पुग्ने सडक तथा अन्य पूर्वाधार र सामाजिक पक्षको व्यवस्थापनका सम्भावित जोखिम अवलोकनका लागि टोली साइट गएको थियो । सम्भावित समस्या अनुमान गर्ने र समस्या सिर्जना हुन नदिने उपाय अबलम्बन अध्ययनका लागि टोली गएको हो ।

‘साइटमा पुर्याइने फोहरको मात्रा धेरै भएपछि ल्याण्डफिल साइट उपयोगिताको अवधि घट्दै गएको छ । अहिलेको मात्रामा फोहर लैजाने हो भने यसको अवधि १५ बर्षमै सकिने अनुमान गर्न सकिन्छ ।’ अवलोकनपछि प्रवक्ता मानन्धरले भने, ‘काठमाडौँ महानगरपालिकाले वर्गीकरण गरेर स्रोतमा फोहर घटाउने कामलाई अभियानका रुपमा सञ्चालन गरेको छ । यसलाई अरु पालिकाले पनि अनुसरण गर्नुपर्छ ।’

‘फोहर व्यवस्थापन चक्रमा उत्पादकदेखि व्यवस्थापनसम्मका सबै जोडिनु पर्छ । हरेकले प्रत्येक चक्र पूरा गर्न सहयोग गर्नु पर्छ । नत्र, विगतका अभ्यासबाट सिकेको अनुभव पनि खेर जान्छ ।’ वातावरण समितिका संयोजक महर्जनले बताए ।

फोहर उत्पादन, संकलन, ढुवानी, व्यवस्थापन र साइटको पूर्वाधार निर्माण गर्ने सबैले आफ्ना आफ्ना ठाउँमा जिम्मेवारी लिनुपर्छ । समितिका सदस्य एवं वडा नंं. ६ का अध्यक्ष भुवन लामाले भने, नेपाल सरकारले पूर्वाधार दायित्व तत्काल पूरा गर्नुपर्ने देखियो ।

व्यक्तिको आचरण परिवर्तनदेखि फोहरको व्यवस्थापनसँग सम्बन्धित विषयमा एकैपटक काम गर्नुपर्छ । समितिका सदस्य एवं वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले भने, ‘समस्या सबैलाई थाहा छ । पन्छाएर आफू चोखो भएर बस्ने प्रवृत्ति छ ।’

पुनः प्रयोग गर्न सकिने सामान पनि साइटमै पुगेको छ । कुहेर मल हुने कच्चा पदार्थ पनि लगिन्छ । उत्पादन भएकै ठाउँमा बेच्न मिल्ने सामान पनि फोहर बनाएर साइटमा लगिएको छ । यसलाई रोक्न सके मात्र पनि साइटको आयु बढाउन योगदान हुनेछ । उनीहरुले महानगरपालिकाले यस दिशामा काम गरिरहेको उल्लेख गरे ।

बञ्चरे क्षेत्रमा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्ने, साइटमा पुगेको फोहरको पनि मात्रा घटाउने र यसलाई ग्याँस उत्पादनजस्ता उद्योगको कच्चा पदार्थका रुपमा रुपान्तरण गर्ने कामलाई महानगरपालिकाले प्राथमिकतामा राखेको उनीहरुको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस