आफ्नै पसलमा चोरी गर्ने सञ्चालकसहित ५ जना पक्राउ « प्रशासन
Logo २० असार २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

आफ्नै पसलमा चोरी गर्ने सञ्चालकसहित ५ जना पक्राउ


१८ असार २०८१, मंगलबार


पक्राउ

काठमाडौँ । चितवनमा आफ्नै सुनचाँदी पसल लुटपाट गरेको आरोपमा पसल सञ्चालकसहित ५ जना पक्राउ परेका छन् । १ असारमा राति साढे ८ बजे चितवनको कालिका नगरपालिका-६ खोलेसिमलस्थित विनोद सुनचाँदी पसलमा लुटपाट भएको थियो ।

उक्त लुटपाटमा संलग्नताको आरोपमा प्रहरीले पसल सञ्चालक विनोद सुनार, विजय विश्वकर्मा, पूर्णबहादुर विश्वकर्मा, पवन पासवान र अञ्जना पुडासैनी केसी पक्राउ परेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जानकारी दिएको छ ।

पक्राउ पर्ने विनोद उक्त सुनचाँदी पसलका सञ्चालक हुन् । उनले बीमाको रकम ठगी गर्ने मनसायले आफ्नो पसल आफैँले चोरी गर्न लगाएको देखिएको सीआईबीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस