दलगत स्वार्थबाट माथि उठेर राष्ट्रको हितमा काम गर्नुपर्छ : डा. शेखर कोइराला « प्रशासन
Logo २० असार २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दलगत स्वार्थबाट माथि उठेर राष्ट्रको हितमा काम गर्नुपर्छ : डा. शेखर कोइराला


१८ असार २०८१, मंगलबार


पर्सा । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले दलगत स्वार्थबाट माथि उठेर राष्ट्रको हितमा काम गर्नुपर्ने बताएका छन् ।  

नेपाली काँग्रेस पर्सा क्षेत्र नं २ क्षेत्रीय समितिले आज वीरगञ्जमा आयोजना गरेको स्व. गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले प्रधानमन्त्री र मन्त्री को बन्ने विषयमा नेपाली काँग्रेस र नेकपा (एमाले) का नेता अल्झिन नहुने बताए । नेपाली नागरिक र राष्ट्र हितलाई प्राथमिकतामा राख्न उनले दुवै पार्टीका शीर्ष नेतृत्वलाई सुझाव दिए ।

अब बन्ने काँग्रेस र एमालेसहितको सरकारले सबैभन्दा पहिला राजनीतिभित्र हुने अपराधीकरणलाई समाप्त पार्न जरुरी रहेको नेता कोइरालाको भनाइ थियो । 

कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे, केन्द्रिय सदस्य रमेश रिजाल, अजय चौरसिया, शंकर भण्डारीलगायतले नेपाली राजनीतिका शिखर पुरुष एवं पार्टीका पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाले पार्टी र राष्ट्रलाई बलियो बनाउन खेलेको भूमिकाबारे आ–आफ्नो विचार राखेका थिए ।  

वीरगञ्जको छपकैयाको इदगाह चोकमा स्व कोइरालाको पूर्णकदको सालिक पुनः निर्माण गरिएको हो ।  

Tags :
प्रतिक्रिया दिनुहोस