काठमाडौँ । बुधबार (आज) नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा ४ सय रूपैयाँले बढेर १ लाख ४२ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख ४२ हजार रूपैयाँ कायम भएको छ ।
यस्तै, महासंघका अनुसार बुधबार चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ ।