बलात्कारी ठहर गर्दै १० वर्ष कैद गर्ने फैसला « प्रशासन
Logo २१ असार २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बलात्कारी ठहर गर्दै १० वर्ष कैद गर्ने फैसला


१९ असार २०८१, बुधबार


काठमाडौँ । बौद्धिक अपांगता भएकी एक युवतीलाई बलात्कार गरेको ठहर गर्दै एक अभियुक्तलाई जिल्ला अदालत मकवानपुरले १० वर्ष कैद गर्ने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले मकवानपुरको बकैया गापा-३ का ५० वर्षीय चतुरमान गोलेलाई युवतीलाई बलात्कार गरेकोमा ७ वर्ष र बौद्धिक अपांगता भएकीलाई बलात्कार गरेकोमा थप तीन वर्ष गरी १० वर्ष कैद गर्ने फैसला गरेको हो ।

अदालतले गोलेलाई ३ लाख रुपैयाँ जरिवानासहित ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने आदेश गरेको छ ।

२०८० पुस २६ गते गोलेले युवतीलाई बलात्कार गरेका थिए । गोले पुर्पक्षका लागि क्षेत्रीय कारागार भीमफेदीमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस