८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रिलायन्स स्पिनिङको आईपीओ असार २७ देखि खुल्ने

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारमा रहेकाहरूका लागि रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सेयर निष्कासन (आईपीओ) मा असार २७ देखि आवेदन खुल्ने भएको छ । कम्पनीले सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगारमा रहेकाहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कुल ११ लाख ५५ हजार ९६० कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारमा रहेकाहरूका लागि निष्कासन हुन लागेको हो । साउन १० गतेसम्म उनीहरूले आवेदन दिन सक्नेछन् ।

न्यूनतम ५० कित्ता तथा अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले मूल्य तय भएको छ । न्यूनतम ५० कित्ता भर्नुपर्ने व्यवस्था रहेकाले आईपीओ भर्न न्यूनतम ४१ हजार ४० रुपैयाँ चाहिन्छ । बुक बिल्डिङ विधिबाट कम्पनीको आईपीओ मूल्य तय भएको हो ।

कम्पनीले कुल जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार बराबरको १९ लाख २६ हजार ६ सय कित्ता सेयर मात्रै सर्वसाधारण समूहमा जारी गर्न लागेको हो । सो सर्वसाधारण समूहबाट ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयर संस्थागत लगानीकर्ताले पाएका छन् ।

बाँकी ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९६० कित्ता सेयर आम सर्वसाधारण, वैदेशिक रोजगारमा रहेका र प्रभावित स्थानीयका लागि जारी हुनेछ ।

सुनसरी जिल्लामा यस कम्पनीले धागो कारखाना सञ्चालन गर्दछ । कुल उत्पादनको करिब ६० प्रतिशत उत्पादन भारतमा खपत हुने गरेको कम्पनीले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले १ अर्ब ४ करोड खुद नाफा कमाएको वित्तीय विवरणमा देखाएको छ । गत आर्थिक वर्ष भने कम्पनीले ९२ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको विवरण पत्रमा देखिन्छ ।

प्रतिक्रिया दिनुहोस