९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टीआरसीसम्बन्धी तीन दलीय संयन्त्रले थाल्यो काम

अ+ अ-

काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन प्रमुख तीन दलले गठन गरेको संयन्त्रले काम सुरु गरेको छ ।

असार १३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित तीन पार्टीका नेताहरूसँग छलफल गरेका थिए । सोही दिन तीन सदस्यीय संयन्त्र गठन भएको थियो ।

तीन दलीय संयन्त्रमा एमालेबाट प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसबाट प्रमुख सचेतक रमेश लेखक र माओवादीका उपमहासचिव जनार्दन शर्मा रहेका छन् । यो संयन्त्रको पहिलो बैठक बुधबार बसेको छ ।

एमालेका प्रमुख सचेतक बर्तौलाका अनुसार संयन्त्रले थप केही बैठक बसेर संघीय संसदको चालु अधिवेशनमै यो विधेयक पास गर्ने तयारीका साथ काम सुरु गरेको छ ।

‘सहमति हुन बाँकी चार वटा विषयमा छलफल भएको छ । थप दुईरतीन वटा बैठक बसेर चालु अधिवेशनमै यो विधेयक पारित गर्ने गरी अगाडि बढाउने तयारी छ,’ बर्तौलाले भने । संयन्त्रका सदस्यहरूका अनुसार सहमति हुन बाँकी चार वटा विषयमा विकल्पसहित छलफल भएको छ ।

गम्भीर मानव अधिकार उल्लघंनको परिभाषामा दलहरू बीचमा कुरा मिलेको छ । यसको परिभाषामा मनसायपूर्वक वा स्वेच्छापूर्वक गरिएको हत्या भनेर लेख्ने विषयमा संयन्त्रमा करिब सहमति जुटेको छ ।

द्वन्द्वकालीन मुद्दामा दोषी ठहर भएकालाई कम सजायको विषयमा दलहरू बीचमा कुरा मिलेको छैन । एमालेले ३३ प्रतिशतसम्म घटी सजाय हुन सक्ने गरी जानुपर्ने प्रस्ताव गरेको छ । तर यसमा माओवादी र काँग्रेस सहमत भएका छैनन् ।

आरोपीलाई छुट दिने विषयमा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने भन्ने विषयमा पनि दलहरू छलफलमा छन् । स्वतन्त्र सहमति नभए अदालत जान पाउने वा संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा गुनासो सुन्ने भन्ने विकल्पमा दलहरू छलफलमा छन् ।

अयोग्य लडाकु र पीडित सुरक्षाकर्मीको मागका सम्बन्धमा कसरी जाने भन्ने विषयमा पनि दलहरूबीच सहमति जुटेको छैन ।

प्रतिक्रिया दिनुहोस