७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१३ ब्रान्डका खाने तेल परीक्षण गर्दा ४ गुणस्तरहीन, २-२ लाख जरिवाना 

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र गुणस्तरहीन खाने तेल बिक्री हुने गरेको पाइएको छ । महानगरले गरेको केही ब्रान्डका खाने तेलको नमुना परीक्षणमा यस्तो पाइएको हो ।

महानगरका अनुसार १३ ब्रान्डको नमुना परीक्षण गर्दा ४ वटा ब्रान्डमा नेपाल सरकारले तोकेको पेरोक्साइड भ्यालु धेरै भएको पाइएको छ । महानगरका अनुसार पक्वान, अमृत, फेमिली र क्वालिटी ब्रान्डको खाने तेलमा अखाद्य वस्तु फेला परेको हो ।

२७ पुस २०८० मा मोरङको श्रीराम रिफाइन्ड आयलले उत्पादन गरेको पक्वान ब्रान्डको ब्याचरलट नम्बर एस २ को रिफाइन सोयाबिन तेलमा पेरोक्साइड र एसिड भ्यालुको मान सरकारले तोकेको मापदण्डभन्दा धेरै पाइएको महानगरले जनाएको छ ।

यस्तै २०२४ अप्रिल महिनामा क्वालिटी आयल रिफाइनरी प्रालिले उत्पादन गरेको क्वालिटी ब्रान्डको ब्याचरलट नम्बर ८ को रिफाइन सोयाबिन आयलमा सरकारले तोकेको मापदण्ड नपाइएको महानगरले जनाएको छ ।

यसैगरी शिवशक्ति घिउ उद्योग जीतपुरले आयातित तोरीबाट २०८० साल माघमा उत्पादन गरेको फेमिली ब्रान्डको तोरीको तेलमा पेरोक्साइड भ्यालु मापदण्ड अनुसार नरहेको पाइएको कृषि विभागले जनाएको छ ।

नमुना परीक्षणका लागि ‘राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला’ बबरमहल पठाइएकोमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गरिएको प्रयोगशाला परीक्षण विश्लेषणको प्रतिवेदन प्राप्त भएपछि कारबाही गरिएको महानगरपालिकाले जनाएको छ । 

यसरी मापदण्ड विपरीत तेल उत्पादन गर्ने ब्रान्डहरू हरेकलाई २ लाख रुपैयाँका दरले जरिवाना गराइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस