काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक केहीबेरका लागि स्थगित भएको छ । महामन्त्री मुकुल ढकाल बैठक छाडेर निस्किएपछि बैठक स्थगित भएको एक नेताले बताए ।
ती नेताका अनुसार उनी प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको जवाफ नदिएर निस्किएका छन् ।
उपसभापतिहरूले बोलिसकेपछि सभापतिले महामन्त्रीलाई बुधबार उठेका प्रश्नहरूको जवाफ दिन भने पनि महामन्त्रीले आफू नबोल्ने बताएको जनाइएको छ ।