७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसबाट पटक-पटक मन्त्री बनेकाहरूलाई यसपटक नदोहोर्‍याइने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीबाट यसपालि सरकारमा मन्त्री पठाउँदा सबैको प्रतिनिधित्व हुने गरी पठाउनुपर्ने बताएका छन्।

यसअघिको सरकारमा पार्टीले ९ जना मन्त्री पठाए पनि दलित, थारू, मधेसीलाई स्थान नदिएकोले यसपटक समावेश गरिनुपर्ने उनले बताए।

‘योभन्दा अघिल्लो पटक ९ जना मन्त्री काँग्रेसबाट सरकारमा थिए। तर एउटा दलित, थारू र मधेसी गएन,’ इटहरीमा बिहीबार भएको कार्यक्रममा बोल्दै थापाले भने, ‘मन्त्रीमा दलित, थारू, मधेसी पठाएनौँ। कहिले पठायौँ भन्दा २०१५ सालमा पठाएको हो नि ! २०८१ मा पठाउनुपर्‍यो नि !’

उनले पार्टीभित्र भाग पुर्‍याउने नाममा पटक–पटक मन्त्री बनेकाहरूलाई यसपटक अवसर दिन नहुने बताए। ‘समावेशीसँगै परिणाम दिन सक्नेलाई मन्त्री बनाउनुपर्छ,’ उनले भने, ‘पटक(पटक मन्त्री भएकाहरूलाई यसपटक विश्राम दिनुपर्छ, घरमै राखे हुन्छ।’

फरक प्रसङ्गमा थापाले अहिले काँग्रेस र एमाले एक ठाउँमा आउने अवस्था बनेको बताए। ‘प्रचण्ड’ले धेरै चकचक गरेकोले एमाले र काँग्रेस सरकारमा सँगै बस्ने अवस्था आएको थापाको भनाइ छ।

गत असार १७ गते काँग्रेस र एमालेबीच सरकार बनाउने र संविधान संशोधन गर्नेजस्ता विषयमा सहमति बनेको थियो।

प्रतिक्रिया दिनुहोस