१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुदानमा किसानलाई ‘मिनीटिलर’ वितरण

अ+ अ-

कञ्चनपुर । व्यावसायिक खेतीमा संलग्न किसानलाई कृष्णपुर नगरपालिका वडा नं २ ले ५० प्रतिशत अनुदानमा ‘मिनीटिलर’ (खेतबारी जोत्न उपयोग गरिने औजार)  उपलब्ध गराएको छ । वडा कार्यालयको रु तीन लाख र किसानको रु तीन लाख गरी रु छ लाखमा सो औजार खरिद गरी किसानलाई उपलब्ध गरिएको हो ।

कृषक समूह र कृषि फार्ममार्फत मिनीटिलर खरिद गरी सात जना किसानलाई उपलब्ध गराइएको कृष्णपुर–२ का वडाध्यक्ष अर्जुन साउदले बताए। “व्यावसायिक खेतीलाई प्रोत्साहन गर्न किसानलाई अनुदानमा मिनीटिलर उपलब्ध गराएका छौँ, किसानको कार्यक्षमता वृद्धि गर्न मिनीटिलर वितरणको कार्यले सघाउ पुग्ने विश्वास छ”, उनले भने ।

वडाका व्यावसायिक खेती गर्ने सबै किसानलाई यस कार्यक्रममा समेट्न नसकिएको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षमा चालु आवमा अनुदानमा मिनीटिलर पाउन नसकेलाई उपलब्ध गराउने योजना रहेको बताए । किसानलाई व्यावसायिक बनाउनका लागि वडाका तर्फबाट बीउ बिजन, पोलिहाउस, किटनाशक, स्प्रे, आधुनिक मेसिन, यन्त्र वितरण गरिँदै आएको र आगामी योजनामा पनि समेट्ने उनले बताए ।  

“गोरुले खेत जोत्दै आएका थियौँ”, किसान प्रीति रानाले भने, “मिनीटिलर अनुदानमा पाएपछि गोरुको तुलनामा खेत जोत्न मिनीटिलरबाट छिटो हुने भएको छ, कम श्रम लाग्ने हुँदा उत्पादन लागतमा कमी आई खेतबारीमा उत्पादन गर्दै आएको तरकारीलाई बजारमा प्रतिस्पर्धात्मक दररेटमा बेच्न सक्छौँ ।” अर्का किसान प्रेम महताले मिनीटिलरको सहयोगमा खेतबारी जोत्न निकै सहज हुने बताए । 

“गोरुको जस्तो स्याहारसुसार गर्नु पर्दैन, इन्धनको व्यवस्था गरी चलाउन सकिन्छ, बिग्रिएमा थोरै रकम तिरेर बनाउन सकिन्छ, गोरुले दुई दिन लगाउने कार्य एकै दिनमा हुन्छ”, उनले भने । 

प्रतिक्रिया दिनुहोस