काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले स्नातक तह (बीईरबीआर्क) मा शैक्षिक सत्र २०८१/८२ का लागि भर्ना आवेदन खुलाएको छ ।
शुक्रबार (आज) सूचना प्रकाशन गर्दै आईओईले स्नातक (बीईरबीआर्क) तहको विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षाको आवेदन आह्वान गरेको हो । सूचना अनुसार १६ भदौदेखि सूचना तथा सञ्चार प्रविधि केन्द्र (आईसीटीसी), पुल्चोक र पश्चिमाञ्चल क्याम्पस, पोखरामा प्रवेश परीक्षा सञ्चालन हुनेछ ।
विद्यार्थीहरूले २७ साउनदेखि ९ भदौसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने आईओईले जनाएको छ ।
हेर्नुहोस् सूचना
